सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता रकम

शनिबार, साउन २७, २०८०

काठमाडौं । सिम्रिक एयरले ४३ लाख बक्यौता रकम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ।

प्राधिकरणले पटक पटक सिम्रीक एयरलाई बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।

प्राधिकरणले उडानमा रोक लगाएपछि सिम्रिक एयरले आर्थिक वर्ष २०७९-०८० को ४३ लाख बक्यौता रकम प्राधिकरणलाई बुझाएको जनाएको छ।

सिम्रीक एयरको रोक्का भएको उडान खुलाउने विषयमा भने अझै केही निर्णय नभएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्