मुग्लिन-नारायण सडकको तीन नम्बर पुलमा पहिरो

आइतबार, असार २४, २०८०

चितवन । मुग्लिन-नारायणगढ सडक फेरु अवरुद्ध बनेको छ। शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका- ६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको ९ घण्टापछि खुलेको  सडक  फेरि केही अगाडि पहिरो जादा अवरुद्ध भएको छ।

आज  बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुन अवरूद्ध भएको जिल्ला ट्राफिक प्रहरी चितवनले जनाएको छ।

तीन नम्बर पुलमा पहिरो जाँदा अहिले सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

पहिरो गएको स्थानमा स्काभेटर प्रयोग गरी अवरूद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्