सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध १ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ परेका छन् ।
उनलाई विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो । उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।
राकेश भने सुन बरामदपछि फरार छन् । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । राकेशको घरमा यसअघि नै विभागले छापासमेत मारेको थियो ।
पक्राउ परेका रोहनलाई अध्यागमनले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।
सुन तस्करी प्रकरणमा अहिलेसम्म २१ जना पक्राउ परिसकेका छन् । जसमा पाँच विदेशी हुन्।