आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, के गर्छ एमाले?

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रिय सभाबाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । 

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

र, आजै सो विधेयकमाथिसंशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।  

त्यस्तै  राष्ट्रिय सभाको बैठक बिहान ११ः३१ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथीको बजेटमाथि छलफल हुनेछ । 

साथै गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ । 

के गर्ला एमालेले ?

बैठक चालु हुनेमा भने शंका छ । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक प्रसंगमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको छ । जसका कारण विभिन्न विधेयकहरु अलपत्र परेका छन्। 

आज पनि संदन चल्न भन्नेमा आश्वस्त हुन नसकेको नेताहरुको बुझाइ छ । सभामुख देवराज घिमिरेले समस्या समाधान नभएसम्म सदन नचल्ने बताएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वार्ताका माध्यमबाटै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री स्पष्टीकरण दिने अवसर दिन आग्रह गरिरहेका छन् । 

तर एमाले भने एकसूत्रीय माग लिएर सदन अवरुद्ध गर्दै आइरहेको छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्