प्रहरीबाट ममाथि हातपात भयो: सांसद शर्मा

शुक्रबार, साउन २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् ।

आज म्याद थपका क्रममा अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको शर्माले बताएका हुन् ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने । 

अवैध सुन प्रकरणका मुख्य आरोपीलाई समातेर कारबाही गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै संसदमै जोड दिएका शर्मा एकाएक हिजो पक्राउ परेका हुन् । 

उनलाई शैक्षिक प्रमाणपत्रबारेमा पक्राउ गरिएको भनिए पनि अहिलेको मुद्दालाई कमजोर बनाउन पक्राउ परिएको भन्दै चर्को विरोध भइरहेको छ । उनलाई सीआईबीले बिहीवार पक्राउ गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्