नेपाल प्रेस युनियन बाँकेको अधिबेशन भोलि

शुक्रबार, साउन २६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाको १२ औ जिल्ला अधिबेशन भोलि नेपालगन्जमा हुँदै छ।

अधिबेशन भोलि नेपालगन्जको जिल्ला समन्वय समितिको हलमा नेपाली कांग्रेसक सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गर्ने भएका छन् ।

भोलो हुने अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ। अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । अहिलेसम्म प्रिया स्मृति ढकाल र चेतकान्त भट्टराई बीच प्रतिस्पर्धा हुने देखिएको छ।

अधिबेशनका लागि उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिवमा बिजय मल्ल र कोषाध्यक्षमा मधु पौडेल उम्मेदवार बन्ने चर्चा छ।

त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो आजै लागिसक्ने सचिव पदका उम्मेदवार हुँदै गरेका लोधले बताए ।

अधिबेशन भोलि बिहान साढे ११ बजेदेखी सुरु हुने छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्