१ क्विन्टल सुन तस्करी काण्डमा थप दुई चिनियाँ नागरिक पक्राउ

शुक्रबार, साउन २६, २०८०

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

सुन प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए । 

उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुनलाई सिनामंगलबाट बरामद गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्