शैक्षिक प्रमाणपत्र काण्डमा थप दुई डाक्टर पक्राउ

शुक्रबार, साउन २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नक्कली शैक्षिक योग्यता प्रमाणपत्र प्रकरणमा थप दुई जना चिकित्सकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । 

बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो । यस प्रकरणमा कांग्रेस सांसद डा. सुनिल शर्मा पनि पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्