गृहमन्त्रीको राजीनामा माग्दा सुनिल शर्मा पक्राउ परेका हुन् वा यो संयोग मात्र हो? : नेता केसी

शुक्रबार, साउन २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सीआईबीले बिहीबार कांग्रेस सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेपछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन् । 

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरेपछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् । 

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन् ।

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे  को छानबिन  ‘अपरेशन क्वाक’ ले  ७ वर्षअघि नै अनुसन्धान शुरु गर्यो  र छाड्यो रु त्यही केस हाल आएर सीआईबी  ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनील शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण  पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्