कोशीमा मन्त्रिमण्डल विस्तार, दुई जना विनाविभागीय मन्त्री नियुक्त

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनियताको सपथ  लिएसँगै आज बिहान दुई जनलाई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री थापाले मन्त्रिमण्डल विस्तार गर्दै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका कमल जवेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई आज बिहान विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । 

सत्ता साझेदार दल नेकपा माओबादी केन्द्र सरकारमा कसलाई पठाउने बारेमा अझै नाम खुलाएको छैन ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्