बाँकेमा करिष्मा नाम काफी.....

शुक्रबार, साउन २६, २०८०

नेपालगन्ज । बाँकेको एउटा  प्रख्यात नाम  करिष्मा योगी ।उद्योगी व्यवसायी क्षेत्रकी एक उदीयमान सशक्त महिला नेतृ हुन् । लगनशील, कर्तब्यनिष्ठ र शालिन स्वभावकी करिष्मा नेपालगञ्जकी एक जुझारु महिला व्यवसायी हुन्।

पत्रकारिता हुँदै समाजसेवा, राजनीति र व्यवसायमा हाम फालेकी उनी स्वाभिमानी महिला प्रतिनिधि हुन् । समाजमा भएका विकृति र विसंगति विरुद्ध बुलन्द आवाज उठाउन सक्ने क्षमता राख्ने करिष्मा राजनीतिमा पनि उत्तिकै सशक्त उपस्थिति बढाइरहेकी पात्र हुन् । 

करिष्मा योगी भदौ २ गते हुन गइरहेको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट महिला उपाध्यक्ष पदकी उम्मेदवार हुन् । नेपाल टे«र्डस एण्ड सप्लायर्स (किराना सामानको डिलर्स) संग आबद्ध योगी साहित्य क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् ।

बहुमुखी प्रतिभाकी धनी करिष्मा २०४४ सालमा कालिकोटमा जन्मिएकी हुन् । २०६५ सालदेखि नेपालगञ्जमा बस्न थालेकी उनी त्यसयता निरन्तर व्यापार कर्ममा क्रियाशील छिन्। 

पढेलेखेकी शिक्षित महिला योगी भेरी साहित्य समाजको जिल्ला सदस्य र लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको जिल्ला कोषाध्यक्षको भूमिकामा समेत रहेकी छिन् । नेपाल बुद्धिचाल संघ बाँकेको निवर्तमान जिल्ला अध्यक्ष करिष्माले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छिन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्व तहमा शिक्षित, जुझारु र केही गर्ने हुटहुटी बोकेकी सशक्त महिला उम्मेदवार योगी मतदाताले आफूलाई चुन्ने कुरामा ढुक्क छिन् । उद्योगी व्यवसायीका पीरमर्कामा संगसंगै रहँदै समस्या समाधानका लागि अहोरात्र खट्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएकी करिष्मा उच्च मनोबलका साथ अघि बढेकी छिन् ।

भन्छिन् 'सबैको साथ, सहयोग र सद्भावले मलाई हौसला प्रदान गरेको छ, मतदाताले सही समयमा सही निर्णय लिएर मलाई नेतृत्व तहमा पुर्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु, केही गरेर देखाउने हुटहुटी छ, मैले पाउने मतको सतप्रतिशत सम्मान गर्न कुनै कसर बाँकी राख्नेछैन, सबैले गर्व गर्न लायक बनेर उभिनेछु ।'

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ००:१०
प्रतिक्रिया दिनुहोस्