वाणिज्य संघको नेतृत्वमा प्रजातान्त्रिक प्यानललाई लैजाने मतदाताहरुको प्रतिबद्धता

बिहीबार, साउन २५, २०८०

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् । 

प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन । 

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । 

थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने । 

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

संघको निर्वाचन यही भाद्र २ गते तय भइसकेको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको हो।

रौनियारले नेतृत्व   गरेको  साझा प्रजातान्त्रिक प्यानलबाट उद्योग उपाध्यक्षमा मो. सफिक बेहना बेहाना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् । यस्तै एसोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा बस्तुगतर्फ हिमनाथ पौडेल र विनय श्रेष्ठ उम्मेदवार छन्।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्