पश्चिम बंगालको पञ्चायत चुनावमा हिंसा हुँदा १६ जनाको ज्यान गयो

आइतबार, असार २४, २०८०

काठमाडौं ।  भारतको पश्चिम बंगाल राज्यमा भएको  पञ्चायत निर्वाचनमा झडपपछि हिंसा भड्किंदा  विभिन्न पार्टीका १६ जनाको ज्यान गएको छ ।

शनिबार भएको पञ्चायत निर्वाचनमा  हिंसा हुनसक्ने आशंकामा १ लाख ३५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएपनि हिंसा हुँदा १६ जनाको ज्यान गएको बताइएको छ। 

हिंसा हुँदा बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीह जस्तो देखिएका कारण यति ठुलो घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

हिंसामा ज्यान गुमाउनेमा  त्रिणमुल कांग्रेसका  १० जना, भारतीय जनता पार्टीका  ३ र भारतीय कम्युनिष्ट पार्टी  ३ जना रहेका छन्  । 

हिंसाका बीच शनिबार साँझ ५ बजेसम्म करिब ६६.२८ प्रतिशत मतदान भएको थियो । चुनावको नतिजा ११ जुलाईमा घोषणा हुनेछ ।हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्