लुकाएर राखिएको ६ थान बन्दुक बरामद

बिहीबार, साउन २५, २०८०
Neuro hospital Nepalgunj

बागलुङ । प्रहरीले बागलुङबाट ६ थान अवैध भरुवा बन्दुक बरामद गरिको छ । हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । 

गस्ती गर्दै जाने क्रममा स्थानीयको सूचनाको आधारमा गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

बन्दुक सुरक्षित तरिकाले ओडारमा लुकाएर राखेको अवस्थामा बुधबार साँझ फेला पारेको केसीको भनाइ छ । बन्दुक कसको किन राखिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नावय उपरीक्षक केसीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङले समय–समयमा यस्ता खाले अवैध बन्दुकहरु बरामद गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्