बाँकेको जेठीनालामा डुबेर बालक बेपत्ता

बुधबार, साउन २४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा नम्बर-७ स्थित जेठीनालामा १६ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् । 

जेठीनालामा पाैडी खेल्ने क्रममा खजुरा वडा नम्बर-६ शान्तिनगरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत १६ वर्षीय विकास सुनार डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । 

बालक बेपत्ता भए लगत्तै खाेजी कार्य जारी राखेकाे खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्