९ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

आइतबार, असार २४, २०८०

चितवन। सुख्खा पहिरो खसेर अवरुद्द बनेको मुग्लिन- नारायणगढ सडक पुन:  दुई तर्फी सञ्चालनमा आएको छ। 

चितवनको इच्छा कामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपराह्न चार बजे खसेको सुक्खा पहिरोलाई ९ घन्टा लगाएर पन्छाएपछि आज बिहानदेखि सडक सञ्चालनमा आएको छ।

त्यस स्थानमा असारमा मात्रै पहिरो खसेर बारम्बार सडक अवरुद्ध बन्दै आएको छ। यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । 

पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्