न्यूरोडका मतदाता रिझाउदै साझा प्रजातान्त्रिक प्यानल

बुधबार, साउन २४, २०८०

नेपालगन्ज  । न्यूरोडका मतदाताहरुसँग नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरु भेटघाटलाई तिब्रता दिएको छ । 

प्रजातान्त्रिक समूहले आज न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ। 

अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसँग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् । 

मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए । 

भेटघाटमा उद्योगतर्फका उम्मेदवार मो. सफिक बेहनाले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताए । 

उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्