मकवानपुर पहिरो अपडेट: बेपत्ता मध्ये थप दुईको शव भेटियो

बुधबार, साउन २४, २०८०

मकवानपुर । मकवानपुरमा पहिरोले घर पुर्दा बेपत्ता भएकाहरु मध्ये थप दुई जनाको शव फेला परेको छ। 

मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा मंगलबार बिहान गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ६  जना मध्ये आज बिहान २ जनाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बेपत्ता भएका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीया छोरी शिला पहारीको शवसिन्धुलीको हरिहरपुरगढी- १ कोकरेस्थित बागमती नदी बगरमा फेला परेकोहो।

बेपत्ता भएका मध्ये एक हरिहरपुर-१ का १७ वर्षीय  पासाङ घिसिङलाई हिजो साँझै जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै पहिरोमा परि अझै बेपत्ता हुनेमा अक्कलबहादुरका ज्वाइँ २५ वर्षीयजीवन पहारी, ४ वर्षीय नाति मिलन पहारी र डेढ वर्षीया नातिनी दिव्या पहारी रहेको प्रहरीले जनाएको छ।

पहिरोबाट पुरिएर मंगलबार बिहान अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भएको थियो।

 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्