भैरहवा लैजादैं गर्दा नेपाल टेलिकमको १० लाखका रिचार्ड कार्ड हरायो

बुधबार, साउन २४, २०८०

काठमाडौं । नेपाल टेलिकमका १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएका छन् । 

टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्तेको ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानी गर्ने क्रममा हराएको नेपाल टेलिकमले जानकारी दिएको  छ ।

टेलिकमले  आज एक  सूचना जारी गर्दै यदि ती रिचार्ज  कार्ड कसैले फेला पारेमा नजिककै टेलिकम कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।

टेलिकमका अनुसार हराएका रिचार्ज कार्डका सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड रहेका छन् ।

साथै टेलिकमले माथी उल्लेख भएका   सिरियल नम्बरका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि सम्बन्धित सबैलाई  अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्