फ्रान्स र कोलम्बिया छानिएसँगै महिला विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

मंगलबार, साउन २३, २०८०

काठमाडौं । फ्रान्स र कोलम्बिया अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको महिला विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन्।

प्रिक्वार्टरफाइनलमा अन्तिम दुई खेलमा कोलम्बिया र फ्रान्स छानिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । कोलम्बियाले जमैकालाई १–० ले हरायो। खेलको ५१ औँ मिनेटमा मारिया कातालिना उस्मे पिनेडाले निर्णायक गोल गरिन् । 

त्यस्तै अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई ४–० ले हरायो । एकतर्फी खेल खेलेको फ्रान्सका लागि युगेनी ले सोम्मरले २ तथा दिआनी र डालीले १–१ गोल गरे ।

क्वार्टरफाइनल भिडन्त–

क्वार्टरफाइनलका खेलहरु अगस्त ११ तारिख ९२६ साउन० देखि शुरु हुनेछन् । पहिलो दिन शुक्रबार दुई खेल हुनेछन् । 

स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन खेल्नेछन्। 

त्यस्तै साउन २७ गते शनिबार फ्रान्सले अष्ट्रेलियासँग तथा इङ्गल्याण्डले कोलम्बियासँग खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्