एमालेको अवरोधले स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबार बस्ने

मंगलबार, साउन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेको अवरोधसँगै आज स्थगित भएको  प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले बताए । 

मंगलबार बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइसकेपछि फेरि एमालेले संसद अवरुद्ध गरेको हो । उसले अवरुद्ध गरेपछि मंगलबारका सबै कार्यक्रम स्थगित गर्दै सभामुख घिमिरेले बैठक बुधबार दिउँसो १ बजेका लागि डाकेका हुन् । 

तर अब फेरि बुधबार बैठक बस्ने टुंगो भने लागेन । 

यसअघि दिउँसो बसेको शीर्ष दलको बैठकमा गृहमन्त्रीलाई संसदमा जवाफ दिन दिने गरी अवरुद्ध संसद खुलाइएको थियो । तर गृहमन्त्री श्रेष्ठले जवाफ दिएपछि फेरि एमालेले बैठक अवरुद्ध गरेको हो । 

एमालेले अवैध सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग लिएर संसद अवरुद्ध गरेको हो । एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । 

गृहमन्त्री श्रेष्ठले जवाफ दिने क्रममा आधिकारिक अनुसन्धानको निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबी भएको भन्दै उसले पाएको ३५ दिनमा अनुसन्धान सक्ने भएकाले त्यतिन्जेल पर्खन आग्रह गरेका थिए । 

उनले सो क्रममा यदि अनुसन्धान विश्वसनीय नभए छलफलबाटै उच्च स्तरीय समिति गठन गर्न सकिने आसय व्यक्त गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्