दुई जना युवक २२ ग्राम ब्राउन सुगरसहित पक्राउ

मंगलबार, साउन २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । प्रहरीले बाँकेमा २२ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

भे ४ प २१४३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १४ का कलामुद्दिन शेष र प्रमोद गिरीलाई २२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

उनीहरुले हेलमेटभित्र ब्राउनसुगर लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई चौलिक्का चोकबाट नियन्त्रणमा लिइएको हो । 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्