रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मंगलबार, साउन २३, २०८०
Neuro hospital Nepalgunj

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

आज रोल्पाबाट दाङको घोराही जाँदै गरेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रोल्पा  प्रहरीले जनाएको छ। बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल बस खसेको प्रहरीले जनाएको छ।

रोल्पा अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ का २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी र परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक हुन् । बसमा १९ जना यात्रु सवार थिए भने बसका ३ जना स्टाफ थिए।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि दाङ पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्