प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिप्रति पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

मंगलबार, साउन २३, २०८०

काठमाडौं । वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

आज  प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका हुन् । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ । 

काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिरोले अवरुद्ध बनेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्