वर्षाले एमाले पार्टी कार्यालय डुबानमा

मंगलबार, साउन २३, २०८०

ललितपुर । गए रातीदेखि परेको अविरल वर्षाले  ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन् । अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ ।  

बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्