भारी वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा

मंगलबार, साउन २३, २०८०

काठमाडौं ।  गएरातिदेखि काठमाडौंमा परेको विषण  वर्षाका कारण काठमाडौंमा विभिन्न डुबानमा परेका छन् ।

वर्षाले काठमाडौंको सामखुसी, गौरिघाट, गुहेश्वरी, कपन, अनामनगरस्थित धोबी खोला कोर्डोर प्रहरी बिट नजिक लगायतका क्षेत्र डुबानमा परेका छन् ।

त्यस्तै काठमाडौँको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ । 

भारी वर्षाले  विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले  उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान महाशाखाले अनुरोध गरेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्