मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्युसँगै ६ जना बेपत्ता

मंगलबार, साउन २३, २०८०

हेटौंडा । मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्युसँगै ६ जना बेपत्ता भएका छन् ।

जिल्लाको बागमती गाउँपालिका सिक्रेनीमा गए राति पहिरोले घर पुरिँदा१ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

पहिरोबाट पुरिएका १ जनालाई उद्दार गरि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ। बेपत्ता भएका ६ जनाको खोजी कार्य जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार पहिरो गएको घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुर र काभ्रेका प्रहरी समेत परिचालन भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्