'किन जिताउने प्रजातान्त्रिक प्यानललाई', यसो भन्छन् सफिक बेहना..

मंगलबार, साउन २३, २०८०

नेपालगन्ज । यही भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको ललित रौनियार प्यानलबाट मो. सफिक बेहना उद्योगतर्फको उपाध्यक्षका उम्मेदवार हुन् । युवा व्यवसायी नेपालगन्ज-४ का निवर्तमान वडाध्यक्षसमेत रहेका बेहना यति बेला पुरै साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवारको जितका लागि रातदिन प्रचारप्रसारमा व्यस्त छन् ।

बेहनासहित उनको प्रजातान्त्रिक प्यानल नेतृत्वले संघभित्र भएको बेथितिको अन्त गर्दै थिति स्थापना गरि संकटपूर्ण अवस्थामा पुगेको व्यापार व्यवसायलाई पुरानो साखमा फर्काउनुका साथै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने पहल गर्ने प्रतिबद्धता छ ।

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको बेहनाको पनि बुझाइ छ । कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा प्रविधिको प्रयोग गरेर चोरीपैठारी रोक्नु पर्ने उनको भनाइ छ । ‘अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ, त्यसले उद्योगी व्यवसायी समस्यामा पर्नेमात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाइरहेको छ उनले भने-`यसलाई नियन्त्रण गर्न प्रजातान्त्रिक प्यानल नेतृत्वले पनि पहल गर्नेछ।´

व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय बैंक र वित्तिय संस्थासँग पहल गर्ने पनि प्रतिबद्धता बेहानासहित उनको प्यानलको छ । कुनै पनि व्यवसायलाई करको दायरामा ल्याउने र व्यवसायीले झेल्दै आएको मूल्य अभिवृद्धिकर, वाणिज्य कर आदिको सहजीकरण गर्ने पनि प्रतिबद्धता रहेको छ । राज्यसँग निजी क्षेत्रको साझेदारी एवं नीति निर्माणमा पैरवीका लागि पहल गर्ने, नेपालमा विदेशी लगानी भित्र्याउन लगानी मैत्री वातावरण निर्माण गर्ने र नेपाली उद्यमीलाई विदेशी लगानीकर्ताको साझेदार बनाउने योजना अघि प्रजातान्त्रिक प्यानल नेतृत्वले अघि बढाउने बेहनाले बताएका छन्। 

अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने उनले दावी गरे ।राज्य र व्यवसायीबिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यावसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए । 

बेहनाले आफ्नो प्रजातान्त्रिक प्यानलले  संघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए ।संघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न, खास गरेर जिल्ला नगरका  व्यवसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाउन हाम्रो प्यानलले अहम भूमिका निर्वाह गर्न सक्छ,’ बेहनाले भने, ‘यसका लागि सबै व्यवसाय र व्यवसायीको प्रतिनिधित्व हुनेगरी हामीले प्यालन बनाएका हौं  ।’ 

उद्योग वाणिज्य संघले गर्ने हरेक कार्य, खासगरी आर्थिक कारोवार पूर्ण रूपमा पारदर्शी बनाई अनियमितताको अन्त्य गर्न सक्ने हाम्रो प्यानल नेतृत्वले गर्न सक्ने बेहनाले भने ।  साथै  सम्पूर्ण उद्योगी व्यवसायीहरुको साँझा संस्थाको अपनत्व महशुस हुने गरी संघको गरीमा कायम गर्न संघमा आवद्ध सदस्यहरुलाई पर्ने आपतकालीन समस्यामा राहत प्रदान गर्न अक्षय कोषको थालनीको प्रक्रिया अगाडि बढाउन प्रजातान्त्रिक प्यानल नेतृत्वले गर्न सक्ने उनको दाबी छ। 

त्यस्तै प्रजातान्त्रिक प्यानल नेतृत्वले विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाहरूसंग सहकार्य समन्वय गरी व्यवसायीक हितका लागि विविध क्रियाकलापहरु संचालन गर्ने बेहनाले बताए। 

बेहना उपाध्यक्ष उम्मेदवार रहेको प्रजातान्त्रिक प्यानलमा अध्यक्ष रौनियारसहित बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्