नागढुंगा–नौबिसे सुरूङ मार्गको 'ब्रेक थ्रु'

सोमबार, साउन २२, २०८०

काठमाडौं । नागढुंगा–नौबिसे सुरूङमार्गको सहायक  सुरूङको 'ब्रेक थ्रु' भएको छ। आज इभ्याकुएसन सुरूङको ब्रेक थ्रु गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन्। टनेलको ब्रेक थ्रू गर्नुअघि नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना  गरिएको थियो ।

यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ । २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । 

आयोजनाको मुख्य सुरूङ भने अब ५०० मिटर खन्न बाँकी छ। मुख्य सुरूङ २ हजार ६ सय ८८ मिटर लामो हुनेछ। दसैंसम्म यो सुरूङ पनि ब्रेक थ्रु गर्ने गरी काम भइरहेको छ। सुरूङ निर्माणको काम वि.सं.२०७६ कात्तिक ४ देखि सुरू गरिएको थियो।

२२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सुरुङ मार्गको लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गरेको छ भने बाँकि रकम नेपाल सरकारले बेहोरेको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्