तीन दलका शिर्ष नेताको छलफल बिना निष्कर्ष टुंगियो

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अवरुद्ध बनेको संसद बैठक खुलाउनका लागि दोस्रो चरणमा बसेको शिर्ष तीन दलका नेताहरुबीचको  छलफल बिना निष्कर्ष टुंगिएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा भएको छलफलको टुंगो नलागेपछि भोलि ३ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।

आज दिउँसो २ बजेसम्म सिंहदरवारमा चलेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएपछि फेरि दोस्रो चरणको छलफल गरिएको थियो।  आजको छलफल बिना निष्कर्ष टुंगिएपछि भोलि बिहानलाई सारिएको छ।

गत साउन १० गतेदेखि नेकपा एमालेले १ क्विन्टल अवैध सुन तस्कर प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति नबनाएसम्म संसद बैठक चल्न नदिने बताएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्