डेंगी संक्रमित साढे ७ हजार बढी पुग्दा ७ जनाको मृत्यु

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । डेंगीको संक्रमितको संख्या देशभरमा साढे ७ हजार नाघेको छ। 

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत जनवरीदेखि ६ अगस्तसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको जनाएको छ।

यो अवधिसम्म ७ जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले गरेको छ । यस वर्ष नेपालमा डेंगीका चार वटै सेरोटाइप देखिएको छ ।

सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । महाशाखाले डेंगीबाट सुरक्षित रहन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्