संसदीय समिति सभापतिको भागबन्डा टुंगियो, एउटा पनि पाएनन् रास्वपा र राप्रपाले

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेससहित सत्ता गठबन्धन दल र  नेकपा एमाले संसदीय समितिका सभापति पाएसँगै भागबन्डा टुंगिएको छ । 

सत्ता गठबन्धन दल र एमाले सभापति पाउँद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) हातमा केही परेन।

सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो। 

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

तर, रास्वपा र राप्रपाले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्