एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभा बैठक बुधबारसम्मलाई स्थगित

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध पारेको छ । 

एमालेले बैठक अवरोध गरेपछि साउन २४ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । 

एमालेले गत साउन २ गते नियन्त्रणमा लिइएको करिब सय किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । 

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । आजै सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता सहितको बैठक बोलाएर छलफल गरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्