ठेक्का सम्झौताको म्याद सकिदा पनि सुरु भएन पुल निर्माण

सोमबार, साउन २२, २०८०

काठमाडौं ।  ठेक्का सम्झौता अवधि सकिए पनि  तामाकोशी पुल निर्माणको  काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो ।   

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो ।  हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन  मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ । यसबाहेक अन्य प्रगति छैन । 

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ । निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् ।

पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्