६ किलो चरेससहित दुई जना पक्राउ

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

दार्चुला । प्रहरीले ६ किलो चरेससहित दुई जनालाई दार्चुलाबाट पक्राउ गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ बाङ्गाबगर बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार राती १ बजेतिर पक्राउ गरेको दार्चुला प्रहरीले जनाएको छ। 

प्रहरीले  चरेससहित पक्राउ गरेका दुई जनासँग लागूऔषध कसुरम थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्