ललिता निवास जग्गा प्रकरण: विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

सोमबार, साउन २२, २०८०

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणमा ४ जना पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

ललिता निवास जग्गा प्रकरणमा विजय कुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि जग्गा प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । 

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव हुन् ।

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्