यी पाँच प्रदेशमा वर्षाको सम्भावना

सोमबार, साउन २२, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। 

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान साथै मा मधेस तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थान मा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्