रुमिता र कौशल नेपालगञ्ज उपमहानगरको न्यायिक समिति सदस्यमा निर्वाचित

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज।  रुमिता श्रेष्ठ र कौशलकुमार धोबी    नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा  निर्वाचित भएका छन् । उपप्रमुख संयोजक रहने समितिमा दुई जना सदस्य चुनिन बाँकी थियो ।

दुई जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकोमा सर्वाधिक मत प्राप्त गर्ने श्रेष्ठ र धोबी निर्वाचित भएका हन् । श्रेष्ठ र धोबीले क्रमशः ७४ र ६१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । श्रेष्ठ वडा नम्बर ४ को वडा सदस्य र धोबी वडा नम्बर २० का वडा अध्यक्ष हुन् ।  

निर्वाचन अधिकृत खिमानन्द अर्यालका अनुसार ११४ जना मतदाता रहेकोमा १०० जनाले मतदानमा भाग लिएका थिए । जुन कुल मतदाताको ८७।७२ प्रतिशत हुन्छ । नेपालको संविधान २०७२ को धारा २१७ बमोजिम उपमहानगरपालिकामा रहने न्यायिक समितिको संयोजकमा नगर उपप्रमुख रहने र २ जना सदस्यको हकमा नगरसभा सदस्यहरु मध्येवाट निर्वाचित सदस्य रहने कानुनी व्यवस्था बमोजिम निर्वाचन भएको अर्यालले जानकारी दिए ।

नवनिर्वाचित सदस्यहरुलाई न्यायिक समिति संयोजक एवम् उपप्रमुख कमरुद्दिन राईले सपथ खुवाएका थिए। नगर प्रमुख प्रशान्त विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्