ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश [आदेशसहित]

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका सदस्यहरुमाथिसमेत अनुसन्धान गर्न आदेश दिएसँगै नेपाल र भट्टराईसँग अनुसन्धान गर्ने बाटो खुलेको हो।

सर्वोच्च अदालतले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । 

यो आदेशसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजान २०६६–६७ र २०६९ मा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईमाथिसमेत अनुनसन्धान गर्न बाटो खुलेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्