१ क्विन्टल सुन प्रकरणका सबै आरोपी सीआईबीको हिरासतमा

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका  सबै आरोपीलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

राजस्व अनुसन्धान विभागको पुल्चोकस्थित हिरासतमा रहेका सबै आरोपीलाई आज प्रहरीको जिम्मा लगाउदै अनुसन्धान फाइल समेत बुझाएको छ।

१८ दिनसम्म आफैँले सम्हालेको विभागले आज सबै अनुसन्धानका प्रमाण र आरोपीहरुलाई प्रहरीको जिम्मा लगाएको हो । आजदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरण सम्हालेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब सय किलो सुन सिनामंगल सडकबाट बरामद गरिएको थियो।  उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालक, तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन् । 

जसमा एक जना भने हाजिरी जमानीमा रिहा भएका छन् । 

उक्त प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन शुरुआतदेखि नै दबाब रहेको थियो । यसकै कारण संसदका दुवै सदन एमालेले अवरुद्ध गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्