आँखा जचाउँनेको संख्या बढ्दै

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

कास्की ।  केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या पोखरामा दैनिक बढिरहेको छ । 

हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिइन् । 

“अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ”, उनले भनिन्, “दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।” आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ। 

आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । 

आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिइन् ।  “रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन”, उनले भनिन् । 

आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउछिन् । 

सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा फैलिने उनको भनाइ छ। राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिइन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्