राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

घोराही (दाङ )। दाङस्थित  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । सर्जन डा. प्रबोध रेग्मीले युरोलोजीष्ट सेवा दिने भएका छन ।

प्रतिष्ठानका प्रशासक समेत रहेका डेपुटी रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजी सेवा पनि थपिने जानकारी दिए ।

युरोलोजी सेवा अन्तरर्गत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरी, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहिने लगाएतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने डा।रेग्मीले बताए ।

अस्पतालका निमित्त निर्देशक तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कडेलले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थाननीय स्तरमै सहज रुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए ।

डा.रेग्मीले आइतवार देखि नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।लामोसमयदेखि युरोलोजी सेवा दिन थालेका रेग्मी अनुभबि चिकित्सक हुन्।

डा.रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बसन्त लामीछाने, अस्पताल निमित्त निर्देशक डा.कडेल, सहायक निर्देशक डा.एन्जिलिका कार्की,अस्पताल प्रशासक लामीछाने सहित चिकित्सक र कर्मचारीले स्वागत गरेका हुन ।

त्यस्तै एमजिडिपिमा प्रोफेसर डा.नारायण सिंह गुरुङ, सर्जरिमा एशोसियट प्रोफेसर डा.सुर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन्  ।

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्