माओवादी पदाधिकारीको जिम्मेवारीमा हेरफेर

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभागको हेरफेर गरेका छन् ।

अध्यक्ष दाहालले  पदाधिकारी बैठकमार्फत उक्त जिम्मेवारी फेरबदल गरेका हुन् ।

प्रचण्डले  उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएका छन् ।  त्यस्तै अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

मधेस प्रदेशको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ भने चन्द्रप्रकाश खनाललाई कर्णाली, सुदुरपश्चिमको इन्चार्जमा डिलाराम आचार्यले पाएका छन् । 

 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्