नेदरल्यान्ड महिला विश्वकपको क्वाटरफाइनलमा

आइतबार, साउन २१, २०८०

काठमाडौं । नेदरल्यान्ड  न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा नेदरल्यान्डले दक्षिण अफ्रिकालाई  २-० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

नेदरल्याण्डका लागि जिल रुडले ९ औं  तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरेका थिए।

अब क्वाटरफाइनलमा नेदरल्यान्डले स्पेनसँग खेल्नेछ। यसअघि जापान र स्पेन क्वाटरफाइनलमा पुगिसकेका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्