पूर्व भारतीय खेलाडी देविका नेपाली महिला ब्याटिङ प्रशिक्षक नियुक्त

आइतबार, साउन २१, २०८०

काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर  नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा  नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आज देवीकालाई प्रशिक्षक नियुक्त गर्स्को  जानकारी दिएको हो।

सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएको हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । 

अगस्त २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौँ आइसकेकी छिन्।  

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र यूएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्