कांग्रेस सांसद माया राई पक्राउ

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । सांसद राईलाई गए राति  कपनस्थित उनकै निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  निवासबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी उनलाई पक्राउ गरेको हो।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । प्रहरीले उनलाई  आज अदालत पेश गर्ने जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्