जागेश्वर बस्नेतको नेतृत्वमा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको नयाँ कार्यसमिति चयन

शनिबार, वैशाख १३, २०८२

नेपालगन्ज । जागेश्वर बस्नेत नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्ष चयन भएका छन् । आज भएको जिल्लाको छैठौं अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

सर्वसम्मत चयन हुने पदाधिकारीहरूतर्फ उपाध्यक्षमा कमल प्रसाद उपाध्याय , पार्वती सोमै, मोहन देवकोटा, निरञ्जन कुमार थारु, दिनेश नेपाली र प्रेमा शाही रहेका छन्। 

त्यस्तै सचिवमा तेज वली चयन भएका छन् भने  नवीन बुढाक्षेत्री कोषाध्यक्षमा र दिवश अधिकारी चयन भए भने गेहेन्द्र जैशी, कृष्ण बहादुर खड्का र किरण वर्मा सह-सचिवमा चयन भएका छन्। सदस्यहरूमा राजविर वर्णवाल, नागेन्द्र कुमार शाह, नन्दलाल पाण्डे, तेजु कुमारी गौतम, प्रकाश शाह, शन्देश बहादुर शाही र हेमन्त किशोर शर्मा चयन भएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेक बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको  सह-सचिव तेज वलीले गरेका थिए।

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्