स्वार्थ पूरा नभएपछि सुरक्षाकर्मीलाई बदनाम गराउने प्रवृत्ति बढ्दै

शनिबार, वैशाख १३, २०८२

काठमाडौं वर्तमान समयमा राष्ट्रसेवक सुरक्षाकर्मीविरुद्द अनावश्यक रुपले बदनाम गर्ने प्रयासले समाचार लेखिदै आएको पाइएको छ।

आफ्नो स्वार्थ पूरा नभएको खण्डमा केही त्यस्ता गिरोहले पत्रकारलाई प्रयोग गरेर षड्यन्त्रपूर्वक बदनाम गर्ने उदेश्यले प्रहरी र सशस्त्र प्रहरीका अधिकृतविरुद्द समाचार लेख्ने र लेखाउने प्रवृति बढीरहेको देख्न सकिन्छ।

हो एउटा घटना त्यस्तै भएको छ। उदाहरणका लागि सशस्त्र प्रहरी बल नं.१२ गण बाराका एसपी खुम केसीविरुद्द एउटा गिरोह बदनाम गर्ने उदेश्यका लागि परेको भेटिएको छ। एसपी केसीलाई विभिन्न तवरले बदनाम गर्ने प्रयास गरिएको हो। 

बारा जिल्लाभरको सीमा सुरक्षा,आन्तरिक सुरक्षा तथा अवैध ओसारपसारविरुद्ध अहोरात्र खटिदै आएका एसपीलाई केही अवैध ओसारपसार पर्ने गिरोहले पत्रकारलाई नै आफूले भनेको नमानेको हुँदा विरुद्धमा समाचार लेखिदिने भन्दै पत्रकारलाई हारगुहार गरेको पाइएको छ

त्यहा अवैध ओसारपसार गर्नेले गिरोहले नै  पत्रकारलाई सशस्त्रका एसपीले आफूहरुले भनेको नमानेको भन्दै एसपीको विरुद्धमा समाचार लेख्न आग्रह गरेको समेत पाइएको हो ।

राज्यले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ भएर पूरा गर्दै आएका एसपी केसीविरुद्द त्यसरी आफ्नो स्वार्थ पूरा नहुदा समाचार लेखाउन तरिका के सहि हो? विभिन्न तह र तप्कामा बसेका व्यक्तिहरुले यो सरासर गलत रहेको बताउँछन् । इमानदारीपूर्वक कार्य गर्ने राष्ट्रसेवकको बदनाम गर्नु ठुलो गल्ती भएको उनीहरु भन्छन् ।

गत फागुन १ गते बाराको कमान्ड सम्हालेयता हालसम्म साढे ३ करोड रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरिसकेका एसपी केसीले इमानदारीपूर्वक कार्य गर्दै आउँदा यसरी बदनाम गर्नु गलत प्रवृति रहेको पत्रकारहरु स्वयंम बताउँछन् ।

एसपी केसी त अगाडि देखिएका पात्र हुन् । कयौं त्यस्ता राष्ट्रसेवक सुरक्षाकर्मी अधिकृत छन् जसको दिनहुँ बदनाम गर्ने प्रयास हुँदै आएको छ। आफ्नो स्वार्थ पूरा नभएको खण्डमा बदनाम गराउने उदेश्यले पत्रकारको सहयोग माग्ने गिरोहको सरासर गलत हो। 

हुन त सबै स्थानका सुरक्षाकर्मी सहि हुन्छन् भने हुँदैन, गलत गर्नेविरुद्द उनीहरुको गलत कार्यलाई बाहिर ल्याउन अति जरुरी छ तर इमानदारीपूर्वक कार्य गर्दै आएका राष्ट्रसेवक सुरक्षाकर्मीविरुद्द आफ्नो स्वार्थका लागि बदनाम गराउने उदेश्य के सहि हो?

अहिलेको समयमा समाचार मात्रै नभएर हावाका भरमा बेनामी उजुरी दिने कार्य सरासर गलत झै देखिएको हुँदा माथिल्लो निकायले पनि यसरी आउने समाचार र गरिने बदनामी कति जायज हो भन्ने कुरा बुझ्न अति जरुरी रहेको छ। 

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्