काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। 

 तारकेश्वर नगरपालिका–५ चो गाउँमा गए राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।

प्रहरीका अनुसार गए राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । 

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्