सशस्त्र प्रहरीका १२ डीआईजी र ११ जना एसएसपीको सरुवा( सूचीसहित)

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं । सशस्त्र प्रहरका १२ जना डीआईजीको सरुवा भएको छ । गृह मन्त्रालयले एकैपटक १२ डीआईजीको आज सरुवा गरेको हो । 

सरुवा हुनेहरुमा डीआईजीहरु दीपक अधिकारी,गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवर रहेका छन्। 

डीआईजीको सरुवा सूची-


गृह मन्त्रालयले ११ एसएसपीहरुको पनि सरुवा गरेको छ । 
सरुवामा सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनीका एसएसपी कमल प्रसाद तिउसीनाको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा सरुवा भएको छ। एसएसपी मनिष थापाको कार्य विभागमा सरुवा भएको छ।

एसएसपीको सरुवा सूची-

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्